+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

शीर्ष नेताहरुलाई रविले भने : यो संसदको दुरुपयोग नगर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १३:३८

१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका नेताहरुले संसदको रोष्ट्रमलाई एक अर्काप्रति कटाक्षका लागि मात्र प्रयोग गरेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ठूला दलका नेताहरुले आफ्नो कार्यकालमा गरेको कामको विवरण संसदमा सुनाए पनि सरकारी अस्पताल र विद्यालय हेर्दा उनीहरुको काम कस्तो छ थाहा हुने बताए ।

‘तपाईंहरुले यो ३० वर्षमा के गर्नुभयो ? कसो गर्नुभयो बुझ्नका लागि एक पटक कान्ति बाल अस्पताल जानुहोला, सरकारी कुनै अस्पताल जानुहोला, गरिब विपन्न मानिसहरु पढेका विद्यालय जानुहोला, तपाईंले चुनेको, जानेको, ठानेको यहाँ जान्छु भनेर तपाईंले चुज गरेको ठाउँ गएर हेर्नुहोला’ रविले भने ।

विगत ३० वर्षमा विकास बजेट र तलबका लागि खर्च हुने बजेट ठीक उल्टो गरी परिवर्तन भएको भन्दै प्रश्न उठाए । उनले भने, ‘३० वर्ष अगाडि हाम्रो बजेटमा सय रुपैयाँमा ३० रुपैयाँको तलब खुवाउने रहेछौं । ७० रुपैयाँ विकास गर्दा रहेछौं । अहिले ठ्याक्कै उल्टो ७० रुपैयाँको तलब खुवाउने ३० रुपैयाँ विकास वजेटमा खर्च गर्ने होइन छुटयाउने अवस्थामा हामी आएका छौं ।’

एक अर्काको छेडाखानी गर्ने वा मुल्याङ्कन गर्ने भए चिया खाएर संसद बाहिरै गर्न लामिछानेले सुझाव दिए । ‘यो ३० वर्षको मूल्याङ्कन गर्दा संसदमा उभिएर तपाईंहरुले एक अर्कालाई छेडखानी गरिरहनुपर्दैन । यसका लागि एक अर्काको घरमा गएर चिया खाएर कुराकानी गर्नुस्, मज्जाले गफ गर्नुस् । यो महत्वपूर्ण नेपाली जनताले आशा गरेर हेरेको यो संसदको दुरुपयोग नगरिदिनुहुन म अनुरोध गर्न चाहन्छु’, उनले भने ।

खाने ठाउँको अभाव भए नयाँ नेताहरुको घरमा जान उनको सुझाव छ । लामिछानेले भने, ‘चिया खाने ठाउँको अभाव छ भने हामी नयाँ नेताहरुको घरमा आउनुहोस् । केही फरक पर्दैन । तपाईंहरुकैमा जानुपर्छ भन्ने छैन ।’

लामिछानेले ठूला दलका नेताहरुलाई चिया खाने थलो बदल्न सुझाव छ । उनले भने, ‘अब चिया खाने थलो परिवर्तन गर्नुहोस् । नयाँ सांसदहरुलाई भेटघाट गर्नुहोस् । नयाँ दलहरुसँग भेटघाट गर्नुहोस् । त्यसरी अभ्यास भयो भने एउटा राम्रो अभ्यास बस्न जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?