
काठमाडौं । मिस हेरिटेज ग्लोबल-२०२३ मुना रिजालले दक्षिण अफ्रिकामा आयोजना हुने मिस हेरिटेज ग्लोबलको ग्राण्ड फिनालेमा मुलुकको प्रतिनिधित्व गर्ने भएकी छन् । आगामी भदौ २७ गते उनी त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् ।
प्रतियोगितामा मुनाले नेपाली सम्पदा झल्किने करिब पाँच मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन् । ५५ मुलुकका सुन्दरीले भाग लिने प्रतियोगिताका लागि मुनाले अहिले तयारी गरिरहेकी छन् । मिस हेरिटेज ग्लोबल नेपालका निर्देशक उद्धव अधिकारीले मुनाले विश्वमञ्चमा नेपाललाई चिनाउन मद्दत पुर्याउने बताए ।
‘यो प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने आशा हामीले राखेका छौं,’ उनले भने ।
भारतको बैंग्लोरबाट उच्च शिक्षा हासिल गरेकी २७ वर्षीया मुनाले त्यहाँकोे राजीव गान्धी विश्वविद्यालयबाट स्नातक गरेकी छन् । मिस हेरिटेज ग्लोबल नेपाल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज ग्लोबलको फ्रेन्चाइजी प्रतियोगिता हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4