+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘सक्किगो नि’ नयाँ सिजनको प्रश्न- हाम्रा अस्पताल जेल त बनिरहेका छैनन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १२:११

काठमाडौं । बिहीबार रातिदेखि प्रसारण सुरु भएको टिभी सिरियल ‘सक्किगो नि’ सिजन–३ को पहिलो एपिसोडमा दर्शकले केही नयाँ स्वाद चाखे । यसमा कमेडी मात्र थिएन मर्मस्पर्शी सन्देश पनि थियो । समाज, राजनीति र प्रेमलाई कटाक्ष गर्ने कुरा त भइहाल्यो, अस्पतालका कारण नागरिकले कसरी दुःख पाइरहेका छन् भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ ।

सिरियलको अन्तिम दृश्य निकै शक्तिशाली लाग्छ । जहाँ बिरामीहरुलाई अस्पतालको शय्यामा सिक्रीले बाँधेर राखिएको छ । उपचारबापत शुल्क तिर्न नसक्ने नागरिकलाई अस्पतालले कसरी बन्धक बनाएर राखेका छन् भन्ने यथार्थलाई यसमा देखाइएको छ । जुन दृश्यमा डायलग भनिएको छ, ‘कतै हाम्रा अस्पतालहरु जेल त बनिरहेका छैनन् ? सरकार जनताले सर्वसुलभ स्वास्थ्य सुविधा कहिले पाउने ?’

नेताहरु सामान्य बिरामी हुँदा पनि सिंगापुर र भारतका अस्पतालमा धाउने गरेको भन्दै कटाक्ष पनि गरिएको छ ।

यसबारे अनलाइनखबरसँग कुरा गर्दै सिरिज निर्देशक कुमार कट्टेलले नयाँ सिजनमा कमेडीसँगै नागरिकले भोगेका दुःख, आर्तनाद र पीडालाई पनि समावेश गरिने बताए । ‘पात्रहरु यसपटक मच्योर्ड भएका छन् । उनीहरु आवरा र लफंगा मात्र यसपटक छैनन्,’ उनले भने । अर्जुन घिमिरेसँग मिलेर उनले सिरिज निर्देशन गरेका छन् ।

कट्टेलले जिग्री ब्रो, घिमिरेले पाँडे, सागर लम्सालले बले, हरिश निरौलाले कक्रोच, दीपक आचार्यले काकु, कमलमणिले नेपाल खुपीका बाउ, गोविन्द कोइरालाले जयन्ते, सुबोध गौतमले एकदुमे, मधुसुदन पाठकले सिते बा, रश्मी पाण्डेले माकुरी र सीतादेवी घिमिरेले चन्द्रमुखीको पात्रमा अभिनय गरेका छन् ।

यो सिरियल बिहीबार राति ८ बजे हिमालय टिभी एचडीमा प्रसारण हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?