+
+

आत्मघाती गोलको मद्दतमा मच्छिन्द्रले खोस्यो आर्मीसँग अंक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते १८:२६
मच्छिन्द्र फुटबल क्लब

१३ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसी र साविक विजेता मच्छिन्द्र एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

च्यासल मैदानमा शनिबार भएको खेलमा दोस्रो स्थानको मछिन्द्र र आर्मीले १-१ को बराबरी खेले । खेलमा आर्मीले पहिले अग्रता लिएपनि जोगाउन सकेन भने उसकै आत्मघाती गोलको मद्दतमा मच्छिन्द्रले एक अंक खोस्न सफल भयो ।

खेलको २३ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर ६० औं मिनेटमै आर्मीकै युद्ध शाहीले आत्मघाती गोल गर्दा मछिन्द्रले खेल बराबरी गर्‍यो भने आर्मी जितबाट वञ्चित रह्यो ।

यस बराबरीले मछिन्द्रको उपाधि होडमा धक्का लागेको छ । २२ खेलबाट मछिन्द्रको ३६ अंक छ र शीर्ष स्थानको चर्च ब्वाइज भन्दा २ अंकले पछि छ । चर्च ब्वाइजले एक खेल कम खेलेको छ । चर्च ब्वाइजले शनिबारै साँझ ६ बजे संकटा क्लबसँग खेल्दैछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?