+
+

जाउलाखेल युथ क्लब एपीएफसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते १९:३५

१३ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थानको जाउलाखेल युथ क्लब एपीएफ फुटबल क्लबसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा विभागीय टोली एपीएफले जाउलाखेललाई २-० ले हरायो ।

एपीएफले दुवै गोल पहिलो हाफमा गरेको थियो । विदेशी खेलाडी अर्मान्ड बेउडमले २३औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । आवास लामिछानेले पहिलो हाफको इन्जुरी टाइममा एपीएफका लागि दोस्रो गोल गरे ।

खेलको ८४औं मिनेटमा एपीएफका कप्तान नविन लामा र जाउलाखेलका अब्दुलाजिज निशानबाएभले रातो कार्ड पाएपछि दुवै टोली दश खेलाडीमा समेटिएका थिए ।

हारपछि जाउलाखेलको उपाधि होडमा धक्का लागेको छ । २२ खेलबाट टोली ३४ अंकसहित तेस्रो स्थानमै छ । एक खेल कम खेलेको लिग लिडर चर्च ब्वाइज भन्दा जावलाखेल ४ अंकले पछि छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?