+
+

खैरो हेरोइन कारोबारमा संलग्नको आरोपमा २ भारतीयसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १५:१४

१४ जेठ, काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने गिरोहमा संलग्नको आरोपमा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने गिरोहमा संलग्नको आरोपमा विभिन्न मितिमा पक्राउ गरेका ६ जनालाई शनिबार सार्वजनिक गरेको छ ।

प्रहरीले ९ जेठमा काठमाडौंको बौद्ध टुसालस्थित एक होटलबाट २० ग्राम खैरो हेरोइन, एउटा डिजिटल तराजु, ७ लाख ४० हजार नेपाली रुपैयाँसहित झापाका २७ वर्षीय किरण कन्दङ्वालाई पक्राउ गरेको थियो ।

त्यस्तै १ज्ञ जेठमा काठमाडौं महानगरपालिका–९ बाट ९४ ग्राम खैरो हेरोइनसहित झापाकै २८ वर्षका विजय लिम्बू, झापाकै चन्द्रगढीबाट मेची नगरपालिकाका २९ वर्षका माधव मेचे र विनोद लिम्बूलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

उनका अनुसार जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट १९४ ग्राम ५४० मिलिग्राम खैरो हेरोइनसहित भारतको दार्जिलिङका २२ वर्षका शिव घोष र २६ वर्षकी श्यामला सोरेन पनि पक्राउ परेका छन् ।

प्रहरीले तीन किलो ६०० ग्राम चरेससहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ४२ वर्षका तेम्बा शेर्पालाई पनि पक्रेको छ । उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड जाने क्रममा पक्राउ गरेको व्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?