+
+

कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई एमालेको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १५:१४

१४ जेठ, काठमाडौं । नेकपा एमालेले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढा मगरलाई सम्मान गरेको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक समारोहकाबीच उनलाई सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बुढा मगरको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरुको मात्रै नभएर सबै नेपालीहरु र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए ।

मान्छे साहस, संकल्प गर्‍यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उनले विश्वमानै पेश गरेकाले सम्मान गरेको पनि ओलीले बताए ।

‘हरि बुढा मगरजीको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ । मानिसले साहस गर्‍यो भने, मानिसले संकल्प गर्‍यो भने असम्भव देखिएका चिजहरु पनि सम्भव हुन्छ,’ ओलीले अघि भने, ‘अपांगता, साधारणतया यस्तो शारीरिक अपांगता भनेको हिँडनै नसक्ने, वरपर चल्नै नसक्ने भन्ने बुझिन्छ । तर उहाँ सगरमाथा चढेर आउनु भयो ।’

बुढा मगरलाई यो असाधारण काममा सघाउ पुर्‍याउने र प्रेरणा दिनेहरुप्रति पनि ओलीले आभार व्यक्त गरे ।

कार्यक्रममा कीर्तिमानी सगरमाथा आरोही बुढा मगरले अपांगता भएका व्यक्तिहरुमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोण गरेको बताए ।

‘मैले एउटा कुरा मात्रै भन्न चाहन्छु जति पनि तपाईँहरुको परिवारमा, समाज र छरछिमेका जे जति अपांगता भएका व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुलाई सर्पोट र अवसर दिनुहोला,’ उनले भने, ‘हामीलाई दया र माया भन्दा पनि अवसर दिन आग्रह गर्न चाहन्छु ।’

ब्रिटिस गोर्खा सेनामा कार्यरहँदा रहँदा दुवै खुट्टा गुमाएका बुढा मगर गत हप्ता सगरमाथा शिखरमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?