+
+

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरसहित)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० जेठ १५ गते ९:३३

१५ जेठ, काठमाडौं । आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडिखेल)मा आज बिहानै विशेष समारोहका साथ १६औं गणतन्त्र दिवस मनाइएको छ ।

पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिको प्रतीक परेवा पनि उडाइएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउँदै  यसलाई अझै मजबुत बनाउनुपर्ने बताए ।

नेपालमा बिक्रम संवत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?