+
+

खुमलटारले हिमालयन शेर्पालाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते २०:०७

१५ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा रेलिगेसन क्षेत्रको रहेको एफसी खुमलटारले हिमालयन शेर्पा विरुद्ध पुनरागमन जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २-१ ले हरायो ।

खुमलटारको जितमा मेसुके ओलुमोउ र स्टेफन बिनोङले एक एक गोल गरे ।

हिमालयनका मानुएल एग्योमाङले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा मानुएलले गोल गर्दै हिमालयनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर १७ औं मिनेटमा खुमलटारका मेसुकेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

खेलको ७६ औं मिनेटमा स्टेफन विनोङले गोल गर्दै खुमलटारलाई २-१ को जित दिलाए ।

सातौं जित निकालेको खुमलटारले २२ खेलमा २४ अंक जोडेको छ र पूछारमै छ ।

खुमलटारले जितपछि रेलिगेसन जोनको अर्को टोली फ्रेण्ड्ससँग अंक बराबरी गरेको छ । हिमालयन शेर्पाको २२ खेलमा २९ अंक छ र आठौं स्थानमा रहेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?