+
+

५ महिनामा भित्रिए ४ लाख ४ हजार पर्यटक

मे महिनामा मात्रै ७७ हजार ७०३

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १८:४६

१८ जेठ, काठमाडौं । सन् २०२३ को पहिलो ५ महिनाको अवधिमा ४ लाख ४ हजार २३१ जना पर्यटक नेपाल भित्रिएका छन् । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटले सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन अबको ७ महिनामा ६ लाख पर्यटक नेपाल आउनु पर्छ ।

नेपाल पर्यटन बोर्डका अनुसार मे २०२३ मा मात्र ७७ हजार ७०३ जना पर्यटक आएका छन् । यो संख्या सन् २०१९ मा आएको पर्यटकको संख्या हाराहारी हो । सन् २०१९ मा ७८ हजार ३२९ जना पर्यटक मे महिनामा नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार कोभिड-१९ अगाडिकै हाराहारीमा अब पर्यटक आगमन पुग्न थालेका छन् ।

कुन महिनामा कति पर्यटक ?

  • जनवरी : ५५,०७४
  • फेब्रुअरी : ७३,२५५
  • मार्च : ९९,४२६
  • अप्रिल : ९८,७७३
  • मे : ७७,७०३

भारतीय पहिलो, दोस्रोमा अमेरिकी, चिनियाँ तेस्रो

सन् २०२३ को मे महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट ३६ हजार ५७५ जना पर्यटक नेपाल आएका छन् ।

दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ८ हजार ५४५ जना पर्यटक नेपाल आएको तथ्यांक छ । चीन तेस्रो स्थानमा पुगेको छ । चीनबाट ४ हजार ६६७ जना पर्यटक नेपाल आएका छन् ।

मे २०२३ मा कुन मुलुकबाट कति आए ?

  • भारत : ३६,५७५
  • अमेरिका : ८,५४५
  • चीन : ४,६६७
  • संयुक्त अधिराज्य : २,९२७
  • अष्ट्रेलिया : २,१८४
  • बंगलादेश : २,१६४
  • मलेसिया : १,३२१
  • जर्मनी : १,१६५
  • फ्रान्स : १,०९७
  • दक्षिण कोरिया : १,०३९

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?