+
+

भारतको कर्नाटकमा आईफोन कारखाना, बर्सेनि २ करोड बनाउने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १४:४९

१९ जेठ, काठमाडौं ।अमेरिकी कम्पनी एप्पलका लागि आईफोन उत्पादन गर्ने कम्पनी फक्सकनले आउँदो वर्षदेखि भारतको कर्नाटकमा पनि आईफोन उत्पादन गर्ने भएको छ ।

आईफोन उत्पादककर्ता चिनियाँ कम्पनी फक्सकनले कर्नाटकमा आफ्नो कारखाना राखेपछि ५० हजार जनालाई रोजगारी मिल्ने दाबी कर्नाटक सरकारको दाबी छ ।

फक्सकनले गत महिना मात्रै बैंगलोर नजिकै १२ लाख स्क्वायर किलोमिटर जमिन किनेको घोषणा गरेको थियो ।

कर्नाटक सरकारका अनुसार फक्सकनले १ अर्ब ५९ करोड डलर लगानी गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीले कर्नाटकको कारखानाबाट बर्सेनि २ करोड सेट आईफोन बनाउने लक्ष्य राखेको छ ।

फक्सकनले भारतकै तमिलनाडुमा कारखाना स्थापना गरेर सन् २०१७ देखि आईफोन उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?