+
+

वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १३:०७

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साइकल र्‍याली आयोजना गरेको छ । शनिबार आयोजित र्‍यालीको मुख्य नारा ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ रहेको थियो ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले वातावरण संरक्षणकाबारेमा जानकारी गराउँदै साइकल र्‍यालीको शुभारम्भ गरेका थिए ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणबाट सुरु भएको र्‍याली गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग, कृष्ण पाउरोटी, सिटी सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेको थियो ।

साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, सेयरधनी, प्रायोजक लगायत गरी करिब ४०० जनाको सहभागिता रहेको थियो ।

वातावरण प्रवर्द्धन प्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवम् साइकलको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पुर्‍याउने उदेश्यले र्‍याली आयोजना गरिएको बैंकले जनाएको छ ।

र्‍यालीमा सहभागीमध्ये लक्की ड्रमार्फत राधाकृष्ण श्रेष्ठलाई एकथान साइकल समेत उपहार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?