+
+

‘नाङ्गो गाउँ’को हङकङ र बेलायतको प्रदर्शन अधिकार बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १६:३६

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नाङ्गो गाउँ’को हङकङ र बेलायतको प्रदर्शन अधिकार बिक्री भएको छ । भदौ २९ गते रिलिजको तयारीमा रहेको फिल्मको एसिया, मध्यपूर्व, अमेरिका र क्यानडाको प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको छ ।

हङकङ र बेलायतको अधिकार राइट्स एस अफ स्पाडेस इन्टरटेनमेन्टले खरिद गरेको हो । कम्पनीका तर्फबाट सन्तोष विक र फिल्म ‘नाङ्गो गाउँ’का तर्फबाट निर्मातामध्येका हिमाल शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा कार्म, साम्राज्ञी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको समेत अभिनय छ । नेपालमा प्रदर्शन हुनुअघि हङकङमा प्रमुख कलाकारहरूको उपस्थितिमा प्रिमियर गरिने जनाइएको छ ।

दयाहाङ र मिरुना अहिलेको चर्चित अनस्क्रिन जोडी मानिन्छ । यी दुईले अभिनय गरेका कबड्डी ४ र जारी बक्स अफिसमा ब्लकबस्टर साबित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?