२१ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेल एनआरटी र हिमालयनले १-१ गोलको बराबरी खेलेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ५२ औं मिनेटमा दिवस उराउले गोल गर्दै हिमालयन शेर्पालाई पहिले अग्रता दिलाएका थिए ।
तर ५५ औं मिनेटमा एनआरटीका दिपेश आले मगरले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल भएन ।
बराबरीपछि २४ खेलबाट ३१ अंक जोडेको हिमालयन शेर्पा सातौं स्थानमा छ ।
समान खेलबाट ३० अंकसहित एनआरटी दशौँ स्थानमा छ ।
प्रतिक्रिया 4