+
+

सन्दीप लामिछाने दक्षिण अफ्रिका जाँदै, मोन्टीको भिसा अझै आएन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १६:००

२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामीछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका उड्ने भएका छन् ।

सन्दीप कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंमा परेको मुद्दाको पेसी भएका कारण उनी यसअघि टिमका अन्य सदस्यसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।

तर जिल्ला अदालत काठमाडौंमा रहेको मुद्दाको पेसी सरेपछि सन्दीप दक्षिण अफ्रिका जान लागेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले अनलाइनखबरलाई जानकारी दिए ।

जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारीमा रहेको नेपाली टिमले दक्षिण अफ्रिकामा चार वटा अभ्यास खेल खेल्नेछ ।

टिमका अन्य सबै सदस्य दक्षिण अफ्रिका पुगिसक्दा पनि राष्ट्रिय टिमका प्रशिक्षक मोन्टी देशाइको भने अझै भिसा नआएको क्यान सचिवले बताएका छन् । भारतमा रहेका देशाईको भिसा प्रक्रिया अघि बढेको र उनी भिसा आए लगत्तै दक्षिण अफ्रिका जाने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?