+
+

अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १६:२०

२२ जेठ, काठमाडौं । अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका ९ रासा घर भइ भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षका दिनेशकुमार राउत रहेका प्रहरीले जनाएको छ ।

राउतले टिकटकमार्फत साथी बनेर एक जना युवतीसँग फेसबुक म्यासेञ्जर, ह्वाट्स एप तथा इमोमा पनि साथी बनेको र अनलाइनबाट यौनदुर्व्यवहार गरेर त्यसको भिडियो रेकर्डसमेत गरेर ब्ल्याक मेलिङ गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

त्यै उजुरीको आधारमा गरिएको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गरी थप अनुसन्धानका लागि राउतलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

पक्राउ परेका राउतलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा छानबिन गर्न जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?