+
+

एसियाडका लागि ४ जना पौडी खेलाडी छानिए

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १३:३५

२३ जेठ, काठमाडौं । पुरुषतर्फ एलेक्स शाह र नासिर हुसेन तथा महिलातर्फ गौरिका सिंह र डुवाना लामा चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता एसियाडमा छनोट भएका छन् ।

आइतबार र सोमबार दुई दिनसम्म सातदोबाटोस्थित अन्तराष्ट्रिय पौडी परिसरमा भएको ११औं एनएसए कप पौडी प्रतियोगिताबाट उनीहरु एसियाडका लागि छनोट भएका नेपाल पौडीका संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।

यी चार खेलाडीले पेरिस ओलम्पिकको लागि जापानमा हुने छनोट प्रतियोगिता पनि खेल्ने उनले बताए ।

प्रतियोगितामा उत्कृष्ट अंक ल्याउने २-२ जना खेलाडीलाई एसियाडका लागि छनोट गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?