+
+

गीत-संगीत प्रयोग गरेबापत चिरायु अस्पतालले सर्जकलाई रोयल्टी दिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १३:३०

काठमाडौं । चिरायु अस्पतालले गीत-संगीत बजेबापत सर्जकलाई रोयल्टी दिने भएको छ । प्रस्तोता समाज, संगीत रोयल्टी संकलन समाज र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल तथा चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको हो । जसअनुसार अस्पतालले आफ्नो परिसरमा गीत-संगीतको प्रयोग भएबापत सर्जकलाई रोयल्टी दिने भएको छ ।

प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाजका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबीच यस्तो सहमति भएको हो ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले अस्पतालले तीनवटै संस्थाका सदस्यलाई उपचारमा हुने छुटको समेत महत्वपूर्ण सम्झौता गरिएको बताए । ‘सार्वजनिक स्थानमा गीत-संगीतको प्रयोग भएवापत सिर्जित संगीत रोयल्टी संकलनको काम गरिरहेका छौं,’ उनले भने, ‘अस्पतालमा सेवाग्राहीको सुविधाका लागि राखिएका टेलिभिजनमा विभिन्न श्रव्यदृश्य गीत-संगीतको प्रसारण हुने भएकाले ती प्रसारित सामग्रीबापतको रोयल्टीका विषयमा सम्झौता भएको हो ।’

उनले आगामी दिनहरुमा समाजले पहिचान गरेको गीत-संगीतको सार्वजनिक प्रयोग हुने सम्पुर्ण क्षेत्रमा सम्झौता गर्दै जाने उल्लेख गरे । अस्पतालका निर्देशक भण्डारीले नेपाली गीत संगीतको श्रीवृद्धिका लागि गरिने रोयल्टी संकलनमा अस्पतालले पनि सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?