+
+

आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १६:३५

२४ जेठ, काठमाडौं । आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराबो देवताल गाउँपालिका ४ तिप्राडी टोल बस्ने सर्फुदिन अन्सारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

१४ दिनका छोराको हत्या गरी अन्सारी फरार भएको भन्दै खोजतलासाका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट पत्रचार भएको र त्यसकै आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको चन्द्रागिरिबाट चन्द्रागिरी नगरपालिका  ढुंगेअड्डा पिपलबोट पक्रेको रेग्मीले बताए ।

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बारा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?