+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

शिक्षा विकासमा नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १४:२३

२५ जेठ, गुल्मी। नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीले शिक्षा विकास तथा समन्वय इकाई गुल्मीमा धर्ना दिएका छन्।

कर्मचारी परिषद्ले सरकारसँग राखेका विभिन्न मागहरु पुरा नभएको भन्दै धर्ना दिएका हुन्।

जिल्लाका विभिन्न विद्यालयमा कार्यरत कर्मचारीहरुले धर्ना दिँदै शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

कर्मचारीहरु आर्थिक वर्ष २०८०-०८१ को बजेट बक्तव्य, नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा विद्यालयको कर्मचारीहरूको सेवा सुविधाको बारेमा उल्लेख भएतापनि बजेट बक्तव्यमा नसमेटिनु विद्यालयको कर्मचारीको लागि निकै दुःखद भएको भन्दै माग पुरा गर्न धर्ना दिएका हुन्।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको तहगत वर्गिकरण गरेर उपयुक्त सेवा प्रदान गर्न माग राख्दै आन्दोलन गर्दै आएका छन्।

गुल्मी जिल्लामा ११९ जना लेखापाल र ५२२ जना कर्मचारीहरु रहेका छन्।धर्ना कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रिय समिति उपमहासचिव प्रेमबहादुर खत्री, लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम पन्थीले आन्दोलनको बारेमा जानकारी गराएका थिए।

उनीहरुले आर्थिक वर्ष २०८०-०८१ को बजेट बक्तव्यमा नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रममा राखेका मागहरु तुरुन्तै पुरा गर्न आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?