+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अब एक घण्टाभित्र आफ्नो ट्वीट एडिट गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १८:२३

२५ जेठ, काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको माइक्रो ब्लगिङ साइट ट्वीटरले एक अर्को नयाँ फिचरको घोषणा गरेको छ।

अब प्रयोगकर्ताले कुनै ट्वीट गरेको एक घण्टाभित्र आफ्नो ट्वीटलाई संशोधन गर्न सक्नेछन् । बुधबार जून ७ देखि ट्वीटरमा यो फिचरको सुरुवात गरिएको जानकारी ट्वीटर ब्लू ले एक ट्वीटमार्फत् गराएको छ ।

यद्यपि ट्वीटरको यो नयाँ फिचरबाट ट्वीटरका आम साधारण प्रयोगकर्ताहरु भने उत्साहित हुनुपर्ने छैन। किनकी यो सुविधा केवल ट्वीटर ब्लू सब्सक्राइबरहरुका लागि मात्र उपलब्ध हुनेछ।

यसअघि ट्वीटरका सशुल्क प्रयोगकर्ताका लागि ३० मिनेटभित्रमा ट्वीट एडिट गर्ने सुविधा दिइएकोमा अहिले बढाएर १ घण्टा पूराइएको हो । ट्वीटर ब्लू नामक ट्वीटर अकाउन्टका फलोअर्सको संख्या ५ लाख ७१ हजार छ।

ट्वीटरमा लामो समयदेखि भ्मष्त बटन थप गर्न माग भैरहेको थियो र एलन मस्कले ट्वीटर खरीद गरेसँगै त्यसलाई पूरा गरेका थिए । तर त्यो केवल सशुल्क प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?