+
+

सेयर बजार पारदर्शी बनाउन बढी प्रतिस्पर्धा जरुरी छ : अध्यक्ष हमाल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १०:५०

२६ जेठ, काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेयर बजारलाई पारदर्शी बनाउन बढी प्रतिस्पर्धा जरुरी रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुर सार्वजनिक गर्न बिहीबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले नेपालमा पूँजी बजार विस्तार हुने क्रममा रहेको बताए ।

उपन्यासमा रहेको पात्रसँग सन्दर्भ जोड्दै हमालले आफू पनि नेपालमा विरक्त लागेर २० वर्ष विदेश बसेर पुनः नेपालमा आएको स्मरण गरे ।

नेपालको सेयर बजार अझै सानो रहेको र पारदर्शी नभएको उनको भनाइ छ । बजारलाई पारदर्शी बनाउन प्रतिस्पर्धाको वातावरण बनाउन लागिएको उनको तर्क छ । हमालले क्षमता हुनेले व्यवसाय गर्न पाउने गरी वातावरण तय गरिएको बताए । नयाँ ब्रोकर लाइसेन्स दिनका लागि लाइसेन्स दिएको र यसले बजार विस्तार र सरकारको राजस्व वृद्धिमा सहयोग पुर्‍याएको उनको भनाइ थियो ।

पुस्तक माथिको विमर्श कार्यक्रममा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारहरूले सेयरमा लगानी गर्दा स्वःनियमनमा बस्न सक्नु पर्ने बताए । पत्रकारले आफू किन्ने बेला बजार घटाउने, बेच्ने बेला बढाउने खालका समाचार लेख्न नहुने उनको भनाइ छ । नयाँ स्टकलाई लाइसेन्स दिन, नयाँ ब्रोकर आउनु राम्रो भए पनि नयाँ कम्पनी आउँदा पारदर्शिता हुनु पर्ने उनको भनाइ थियो ।

पुस्तकमाथि समालोचना गर्दै सेजन पूर्वअध्यक्ष विज्ञानविभु अधिकारीले लेखक सापकोटाले जटिल विषयलाई सरल भाषामा उपन्यास लेखिएको बताए । पुस्तकमा सेयर बजारमा लगानी गर्दा भएको सफलता, असफलता र पुनः लगानी गर्ने हुटहुटी लगायतका विषयमा उपन्यासका पात्र रमेश र पदम लगायतबाट खुलाइएको उनको भनाइ छ ।

पुस्तक र लेखकका विषयमा सेजन पूर्व अध्यक्षहरू प्रदिप चापागाईँ, गोकर्ण अवस्थी, निवर्तमान अध्यक्ष भीमप्रसाद गौतमले आफ्नो धारणा राखेका थिए । सेजन अध्यक्ष जनार्दन बरालले लेखक सापकोटाले नेपाली पाठक र लगानीकर्तालाई पठनीय पुस्तक दिएको बताए ।

उपन्यासका लेखक सापकोटाले पत्रकारले सेयर बजारमा लगानी गरे पनि सूचनाको गलत प्रयोग गर्नु नहुने बताए । हाल अमेरिकामा समेत सेयर लगानीकर्ता रहेका सापकोटाले गैरआवासीय नेपालीलाई सेयर बजार निश्चित क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा खुला गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?