
२६ जेठ, काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं सांसद गोकर्ण विष्टले गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै उनले सत्तारुढ दलका शीर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताएका हुन्।
उनले भने,‘डडेलधुरामा बजेट बढ्यो रे, गोरखामा बजेट बढ्यो रे। नुवाकोटमा बजेट बढ्यो रे। क्रमागत आयोजनाहरु काटिन्छन्। तर आज केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित भएको छ ।’
सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दावी समेत गरे। उनले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए।
‘यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन । यसकारण विद्यमान आर्थिक संकटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिदैन्,’ उनले भने, ‘ र एउटा भनाइ छ-जुनकिरीको पिँधले स्वार्थ उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन।’
सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने बताए ।
प्रतिक्रिया 4