+
+

चीनले किन खन्दैछ ११ हजार मिटर गहिरो खाडल ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १७:४७

२६ जेठ, काठमाडौं। चीनले आफ्नो उत्तरपश्चिम राज्य सिंकयांगस्थित तकलामकान मरुभूमिमा ११ किलोमिटर भन्दा गहिरो खाडल खन्न सुरु गरेको छ। यो परियोजनामा गतहप्तादेखि काम सुरु भएको हो।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाको एक रिपोर्ट अनुसार यो गहिरो खाडल पृथ्वीको प्राचीनतम क्रेटासियस कालको तहसम्म पुग्नेछ।

क्रेटासियसलाई एक भूगर्भीय काल मानिन्छ जुन १४ करोड ५० लाख वर्षदेखि ६करोड ६० लाख वर्षसम्म अगाडिसम्मको समय हो।

११ हजार मिटरभन्दा गहिरो खाडल खन्ने परियोजना ४ सय ५७ दिनमा पूरा गर्ने योजना छ। त्यसक्रममा उक्त ठाउँमा काम गर्ने श्रमिकहरु दिनरात भारी मेसिन उपकरणका साथ काम गर्नेछन्।

एक उत्साही पल

यो योजनालाई चीनमा उत्खननको सबैभन्दा ठूलो परियोजनाको रुपमा मानिएको छ। यसअघि चीनमा यस प्रकारको सबैभन्दा गहिरो खाडलको गहिराई १० किलोमिटर थियो। यद्यपि चीनले खन्ने यो खाडलले पृथ्वीमा मानिसले बनाएको सबैभन्दा गहिरो खाडलको किर्तिमान भने बनाउन सक्नेछैन।

किनकि विश्वको सबैभन्दा गहिरो मानव  निर्मित खाडल रुसमा रहेको छ। कोला नामक उक्त रुसी खाडलको गहिराई १२ हजार २ सय ६२ मिटर छ।

सन् १९८९ मा उत्खनन सकिएको उक्त खाडल लगातार २ दशकसम्म खनेर रोकिएको थियो।

चीन की सरकार कंपनी इस प्रोजेक्ट पर काम करेगी.

विश्वमा विज्ञान तथा प्रविधिको क्षेत्रमा महाशक्तिको रुपमा उदाइरहेको चीनले आफ्नो स्थिति सुदृढ गर्ने प्रयास गरिरहेको बेला ११ हजार मिटर गहिरो खाडल खन्ने विशाल परियोजनाको घोषणा गरेको हो।

रोचक कुरा त के भने जुन दिन यो नयाँ परियोजनामा काम सुरु भयो त्यसदिन चीनले आफ्ना ३ जना अन्तरीक्षयात्रीलाई अन्तरीक्षको कक्षमा रहेको आफ्नो स्पेस स्टेशनमा प्रक्षेपण गरेको थियो।

अन्तरीक्षयात्रीलाई स्पेस स्टेशनमा पठाउने यो कदम चीनको त्यो बृहत अन्तरीक्ष परियोजनाको हिस्सा हो जसमार्फत् उसले सन् २०३० भन्दा अगाडि नै चन्द्रमामा मानव पाइला राख्ने कोसिस गरिरहेको छ।

तर यहाँनेर प्रश्न उठ्छ कि आखिर चीनले यतिधेरै गहिरो खाडल किन खनिरहेको छ जसको गहिराई विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको भन्दापनि धेरै छ ?

दुई कारण

यो परियोजनाको नेतृत्व चीनको सरकारी स्वामित्वको पेट्रो केमिकल कर्पोरेसन सिनोप्याकले गरिरहेको छ। हालै सिनोप्याकले भूगर्भीय खोजमा गहिराईको सीमालाई बढाउने आफ्नो लक्ष्यको घोषणा गरेको छ।

चिनिया राष्ट्रपति शि जिनपिङले झण्डै २ वर्षअघि देशका वैज्ञानिकहरुलाई जमिनको सर्वाधिक गहिराईमा रहेका संसाधनहरुको खोजी गर्ने कामलाई अघि बढाउन निर्देशन दिएका थिए।

११ हजार मिटर गहिरो खाडल बनाउने परियोजना राष्ट्रपति शि जिनपिङको त्यहीँ निर्देशनको २ वर्षपछि सुरु भएको छ।

चीनमा तेल तथा ग्यासको खोजको क्षेत्रमा काम गर्ने देशको सबैभन्दा ठूलो कम्पनी चाइना नेसनल पेट्रोलियम कर्पोरेसनका प्रतिनिधि ल्यू जियागांगका अनुसार यो खाडल खन्नुका दुईवटा उद्देश्य छन्। त्यसमा पहिलो उद्धेश्य वैज्ञानिक शोध हो भने दोश्रो तेल तथा ग्यासको खोजी।

स्मरण रहोस् चाइना नेसनल पेट्रोलियम कर्पोरेसन केवल चीनको सबैभन्दा ठूलो कम्पनी मात्र होइन कि तेल तथा ग्यास क्षेत्रमा विश्वकै सबैभन्दा ठूला कम्पनीमध्ये एक हो।

सो योजनाका बारेमा जानकारीमा आधारित एक भिडियो सन्देशमा बोल्दै ल्यू जियागांगले विशाल खाडल खन्ने सो परियोजनाले पेट्रो चाइनाको प्राविधिक क्षमता सुदृढ तथा ससक्त बनाउने प्रयासमा सहयोग गर्ने विश्वास दिलाएका छन्।

चाइना नेसनल पेट्रोलियम कर्पोरेसनको रुपमा एक व्यापारिक प्रतिष्ठानको हैसियतमा हंगकंग स्टक एक्सचेन्जमा दर्ता रहेको पेट्रो चाइनाले पनि यो योजनाका क्रममा उत्खननको नयाँ तथा आधुनिक मेसिनरीको तयारीमा पनि सहयोग पुग्नेछ।

टेक्लामकान रेगिस्तान काम के लिहाज से बहुत मुश्किल जगहों में से एक माना जाता है जहां सर्दियों तापमान -20 डिग्री सेल्सियस तक गिर जाता है.

भूगर्भशास्त्रका विशेषज्ञ क्रिस्टियन फारियासले बीबीसीलाई बताए अनुसार जमिनको सर्वाधिक गहिराईको अध्ययन गर्नका लागि विश्व वैज्ञानिक समुदायले आम रुपमा सेस्मिक टोमोग्राफी तथा अन्य प्रविधिहरु प्रयोग गर्दै आएको छ।

त्यसैले पृथ्वीमा हजारौँ मिटरको खाडल बनाउने यस्तो परियोजना निकै उपयोगी हुने र त्यसले भौतिक प्रमाणहरु उपलब्ध गराएर अनुसन्धानमा सहयोग पूराउने फारियास बताउँछन्।

फारियास क्याथोलिक युनिभर्सिटी अफ टेमेकोमा सिभिल वक्र्स एण्ड जियोलोजीका निर्देशक पनि हुन्। उनी भन्छन्, ‘चीनको योजनाले अहिलेसम्म निर्माण गरिएको आधुनिक यन्त्रहरु तथा प्रविधि विकासलाई परीक्षण गर्ने अवसर प्रदान गर्नेछ र यसले दुनियाका लागि केही नयाँ गर्नका लागि ढोका खोल्नेछ।’

ग्यास तथा तेल

चाइना नेसनल पेट्रोलियम कर्पोरेसनले यो योजनाको उद्धेश्य त्यस क्षेत्रमा निकै गहिराइका तेल तथा ग्यासको भण्डारको खोजी गर्ने पनि रहेको बताएको छ।

धर्तीको सर्वाधिक गहिराईमा हाइड्रोकार्वनको भण्डार आमरुपमा पाँच हजार मिटर वा पाँच किलोमिटरको गहिराईभन्दा मुनि समुद्री क्षेत्रमा रहेको हुन्छ जहाँ चट्टान तथा गेग्रयानको तह अधिक मोटो हुन्छ। तर कहिलेकाहीँ यो जमिनको क्षेत्रमा पनि पाइन्छ।

तकलामकान मरुभूमिमा पनि तेल तथा प्राकृतिक ग्यासको ठूलो भण्डार रहेको भूमिगत क्षेत्र हुनसक्ने अनुमान गरिन्छ।

तकलामकान मरुभूमिमा ११ हजार मिटर गहिरो खाडल खन्नु निकै चुनौतिपूर्ण काम हो। किनकि मरुभूमिको सतहको बनावट, अत्यधिक तापक्रम तथा उच्च दबाब जस्ता कारणले गर्दा त्यति गहिरो खाडल खन्ने क्रममा धेरै प्राविधिक चुनौति आउनसक्ने विज्ञहरुको ठम्याई छ।

प्राध्यापक फारियासका अनुसार यति गहिरो खाडल खनिसकेपछि त्यसलाई जस्ताको तस्तै राखिराख्नु पनि निकै चुनौतीपूर्ण हुनेछ।

यद्यपि रुसले विगतमा १२ किलोमिटर भन्दा गहिरो खाडल खन्न सफल भएको थियो।तर, जमिनको पत्रमा यति तल्लो तहसम्म पुग्ने कुरा हालको अत्याधुनिक प्रविधिको विकास भएको समयमा पनि उत्तिकै चुनौतीपूर्ण काम हो।

चिनिया एकेडेमी अफ इन्जिनियरिंगका एकजना वैज्ञानिक सुन जिनले सरकारी समाचार एजेन्सी सिन्हुवालाई बताए अनुसार यो ड्रिलिङ परियोजनाको निर्माण स्टिलका २ वटा मसिनो तारमा एउटा ठूलो ट्रक चलाउनुजत्तिकै निकै जटिल काम हुनेछ।

तकलामकान मरुभूमिको विषम हावापानी अर्को चुनौतीको रुपमा रहनेछ। त्यहाँ जाडो याममा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म र गर्मी याममा ४० डग्री सेल्सियससम्म पुग्दछ। बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?