+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गेटामा मेडिकल विश्वविद्यालय कायम गर्न माग गर्दै धनगढीमा एमालेको प्रर्दशन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते २०:०५

२६ जेठ, धनगढी। गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न माग गर्दै नेकपा एमाले कैलालीले धनगढीमा प्रर्दशन गरेको छ।

शुक्रबार साँझ एमाले जिल्ला कमिटिको कार्यालयदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिसम्म ¥यालीसहित एमालेले प्रर्दशन गरेको हो।

प्रर्दशनका क्रममा मेडिकल माफियाको प्रभावमा परेर मन्त्रिपरिषद्को निर्णय विपरीत सरकारले गेटामा विश्वविद्यालयको सट्टा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिएको छ।

गेटामा मेडिकल विश्वविद्यालय कायम नगरिएको खण्डमा थप आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ।

प्रर्दशनपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी आयोजना गरिएको कोण सभालाई सम्बोधन गर्दै एमालेका नेताहरुले सरकारले मेडिकल विश्वविद्यालय निर्माण नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले समेत मेडिकल विश्वविद्यालय निर्माणका लागि खेल्नुपर्ने कुनै पनि भूमिका नखेलेको भन्दै उनीहरुले आक्रोश पोखेका छन्।

कोण सभालाई एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सचिव धर्मराज पाठक, जिल्ला कमिटिका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, धनगढी नगर कमिटि अध्यक्ष रामचन्द्र जोशी लगायतले सम्बोधन गरेका थिए।

२९ माघमा सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो तर १५ जेठमा ल्याइएको अगामी आर्थिक वर्षको बजेटमा भने शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेपछि विश्वविद्यालय माग्दै सुदूरपश्चिममा आन्दोलन भइरहेको छ।

यहाँ शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले समेत विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?