+
+

एनआरएनए परिषद् अमेरिकाको अधिवेशन : बञ्जाडे समूहले उम्मेदवारी घोषणा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते ११:१८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न अधिवेशनको माहोल तातेको छ । उम्मेदवारका आकांक्षीले चुनावी समीकरण बनाउँदै टिम सार्वजनिक गर्न थालेका छन् ।

यसैबीच, डा. अर्जुन बञ्जाडे समूहले आइतबर ड्यालसको अर्भिङबाट आफ्नो टिम घोषणा गर्ने भएको छ । ड्यालसको अर्भिङस्थित करि लिफ रेस्टुरेन्टको सभाकक्षमा अमेरिकी समयानुसार बेलुकी ६ बजे आयोजना हुने कार्यक्रममा बञ्जाडे समूहले आफ्नो प्यानल घोषणा गर्न लागेको हो ।

उक्त समूहले गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अध्यक्षमा बञ्जाडे, वरिष्ठ उपाध्यक्षमा विकास उप्रेती र महासचिवमा गोपेन्द्र भट्टराईको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ । अन्य पदाधिकारी सदस्यको नाम आइतबार नै घोषणा गरिने अध्यक्ष पदका प्रत्यासी डा. बञ्जाडेले जानकारी दिए ।

उनी राष्ट्रिय समन्वय परिषद् अमेरिकाका पूर्ववरिष्ठ उपाध्यक्ष तथा अघिल्लो अधिवेशनमा पनि अध्यक्ष पदका प्रत्यासी थिए । यसपटकको निर्वाचनमा प्रवासी नेपाली मञ्चले बञ्जाडे समूहलाई समर्थन गर्दै औपचारिक घोषणा गरिसकेको छ । बञ्जाडेले प्रवासी नेपाली मञ्चलाई समेटेर टिम घोषणा गर्ने बुझिएको छ । अघिल्लो पटकको निर्वाचनमा भने प्रवासी नेपाली मञ्चले कृष्ण लामिछाने समूहलाई सघाएको थियो । उक्त निर्वाचनमा लामिछाने उपविजेता बनेका थिए ।

दिलु पराजुली समूहले शनिबार नै केन्टुकीबाट प्यानल घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?