+
+

जोकोभिचले जिते कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते ८:३५

२९ जेठ, काठमाडौं । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २३औं ग्राण्ड्सलामा उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा जोकोभिचले नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा हराएर रोला ग्यारोमा तेस्रो पटक उपाधि जित्दै कीर्तिमान बनाएका हुन् ।

जोकोभिचले रुडलाई ७-६, ७-१, ६-३ , ७-५ ले हराए ।

जोकोभिचले सर्वाधि २२ उपाधि जित्ने स्पानिस राफेल नाडललाई पछि पार्दै कीर्तिमान बनाएका हुन् ।

जोकोभिच चारवटै ग्राण्डसलाम कम्तीमा तीन पटक जित्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

उनले अष्ट्रेलियन ओपन १० पटक, विम्बलडन ओपन ७ पटक तथा फ्रेन्च ओपन र यूएस ओपन समान तीन पटक जितेका छन् ।

३६ वर्षीय जोकोभिचले यस वर्षको पहिलो ग्राण्डसलाम अष्ट्रेलियन ओपनको उपाधि समेत जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?