+
+

मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १८:१३

३० जेठ, जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।

जेठ १ गते एमालेले नै समर्थन फिर्ता लिएपछि आज ३०औं दिनमा मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा हतारमा विश्वासको मत लिन लागेका छन् ।

तर एमालेले पुन: उनलाई विश्वासको मत दिने एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले बताए ।

राजनीतिक दबाबको कारण समर्थन फर्ता लिएको तर सरकारले  काम गरिरहेकाले समर्थन दिन लागेको उनले बताए ।

एमाले मधेश प्रदेशको सबैभन्दा ठूलो दल हो ।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् ।

यस्तै ३ जना स्वतन्त्र सांसद छन् । मधेश प्रदेशका कुल सांसद १०७ भए पनि आजको बैठकमा ९७ जना उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?