+
+

२०२६ को विश्वकप खेल्ने योजना छैन : मेसी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १८:३३

३१ जेठ,  काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले सन् २०२६ मा हुने फिफा विश्वकप खेल्ने योजना नरहेको बताएका छन् । मेसीले मंगलबार चिनियाँ स्पोर्ट्स मिडिया टिटन स्पोर्ट्ससँगको कुराकानीमा आगामी विश्वकप खेल्ने योजना नरहेको बताएका हुन् ।

‘मलाई त्यस्तो लाग्दैन । यो नै मेरो अन्तिम विश्वकप हो,’ २०२६ को विश्वकप खेल्ने बारे प्रश्न गर्दा उनले भने, ‘म हेर्छु कस्तो हुन्छ तर अहिलेको अवस्थामा म अर्को विश्वकपमा जान चाहन्न ।’

आगामी विश्वकप उत्तर अमेरिकाको अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ ।  गत डिसेम्बरमा कतारमा भएको विश्वकपमा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई १९८६ पछि पहिलो विश्वकप उपाधि जिताएका थिए ।

सन् २००६ देखि लगातार विश्वकप खेलेका मेसीले पाँचौ प्रयासमा विश्वकप जितेका हुन् । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो तर जर्मनीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

मेसीले म्यानचेष्टर सिटीलाई पहिलो पटक च्याम्पियन्स लिग उपाधि सहित ट्रेबल जिताएका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको पनि प्रशंसा गरेका छन् । उनले पेपलाई विश्वकै उत्कृष्ट प्रशिक्षक भनेका छन् ।

हाल चीनमा रहेको मेसीको अर्जेन्टिनाले बिहीबार अष्ट्रेलियासँग बेइजिङमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि अर्जेन्टिनाले जुन १९ मा इन्डोनेसियासँग जकार्तामा खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?