+
+

चिकित्सक मृत्यु प्रकरणमा एक जना कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते २०:१८

३१ जेठ, धनगढी । गत ४ जेठमा धनगढीमा चिकित्सक मृत भेटिएको घटनामा एक युवक कारागार चलान भएका छन् ।

आफ्नै घरको कोठामा मृत भेटिएकी धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना शाहको आत्महत्या दुरूत्साहन मुद्दामा डा. सन्दीप भट्टराई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

सोही मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका धनगढीकै विकल केसी भने ५० हजार धरौटीमा रिहा भएका छन् ।

मृतक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीका आधारमा प्रहरीले माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीलाई गत जेठ ६ गते पक्राउ गरेको थियो ।

कारागार चलान भएका भट्टराई र मृतक शाह प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?