+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वीपीमा इन्टर्न डाक्टरको भत्ता १८ हजार मात्र, बढाउनु पर्ने माग राखेर आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १४:०५

१ असार, विराटनगर । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा उत्रिएका छन् ।

प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो भत्ता तीन वर्षयता बढेको छैन ।

भत्ता वृद्धिको माग गर्दै तीन दिनदेखि कालोपट्टी बाधेरमा काममा उत्रिएको इन्टर्न डाक्टरहरुले बताएका छन् ।

महंगी अनुसार मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको आन्दोलनरत चिकित्सक मध्येका एक डाक्टर प्रशान्त राईले बताए ।

‘महंगी बढेको छ, १८ हजार ३ सय रुपैयाँले गुजारा गर्न गाह्रो हुन्छ,’ डाक्टर राईले भने, ‘मेडिकल अधिकृतको तलबको आधा बराबर २४ हजार भत्ता बनाउन माग गरेका छौं ।’

आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बारम्बार प्रतिष्ठान प्रशासनसँग आग्रह गर्दा आफ्नो माग सुनुवाइ नभएको बताएका छन् । प्रतिष्ठानले श्रमशोषण गरेको उनीहरुको गुनासो छ ।

‘दिनानुदिन महंगी चुलिरहदा अहिले हामीले प्राप्त गर्ने पैसाले (१८ हजार ३०० भत्ता) जीवन निर्वाह गर्न सम्भव छ त ?’ चिकित्सकहरुले प्रश्न गरेका छन्, ‘… संस्था घाटामा छ, हामीसँग पैसा छैन भन्ने जस्ता बहानामा हाम्रो मागको अवहेलना गरिनु कदामी सह्य हुँदैन ।’

प्रतिष्ठानमा कार्यकारिणी समिति र सञ्चालक परिषद्को बैठकले तलब भत्ता वृद्धि गर्न सक्छ ।

तीन वर्षअघि पनि इन्टर्न चिकित्सकले आन्दोलन गरेका थिए । २०७७ मंसिर १५ गते प्रतिष्ठानको शिक्षक कर्मचारीको तलब वृद्धि गर्दा इन्टर्न डाक्टरहरुको पनि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सम्झौता भएको थियो ।

सम्झौतापछि शिक्षक कर्मचारीको १५ प्रतिशत तलब भत्ता वृद्धि भए पनि इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता वृद्धि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?