
१ असार, काठमाडौं। सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अधयक्षका लागि सिफारिस गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले आयोगको अध्यक्षको लागि सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतले भन्यो ‘सिफारिस समितिले अध्यक्षको लागि सिफारिस गरिसकेको छ। चाँडै कुलपति ज्यूले निर्णय गर्नुहोला।’ ११ महिनादेखि त्रिवि सेवा आयोगको अध्यक्ष पद रिक्त रहेको छ । आयोगको अध्यक्ष नहुँदा त्रिवि शिक्षक तथा कर्मचारीको विज्ञापन रोकिएको छ ।
नयाँ नियुक्ति नहुँदा त्रिविले त्रिविले आवश्यक जनशक्ति ठेक्का र सेवा करारमा लिएर काम चलाइरहेको जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4