+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जिरीको पर्यटन प्रवर्धनका लागि ‘बुलेट राइड’

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १६:३५

१ असार, काठमाडौं। नेपाल बुलेट हाउसले जिरीको पर्यटन प्रवर्द्धनका लागि बुलेट राइड आयोजना गरेको छ।

दुई पांग्रे सवारीमार्फत नेपालका पर्यटकीय गन्तव्य प्रवर्द्धनका लागि वर्षेनी बुलेट बाईक मार्फत यो समूह विभिन्न पर्यटकीय गन्तव्यमा जाने गरेको छ।

जिरी घुम्न जाँउ फिरीरी नारा सहित करिब ३० जनाको समूह काठमाडौँबाट जिरीतर्फ आज प्रस्थान गरेको छ।

नेपाल बुलेट हाउसका सञ्चालक रमेश कार्कीले दुई पांग्रे सवारी मार्फत पर्यटकीय गन्तव्य पुग्न सकिने सन्देशका लागि जिरी गएको बताए।

‘यसअघि हामी रारा र से फोक्सुन्डो पुगेका थियौँ टू ह्विलरबाट नेपालका रमणीय ठाउँ पुग्नसकिन्छ भनेर राईड टुरिजम प्रवर्द्धन गर्नुनै हाम्रो लक्ष्य हो,’ कार्कीले भने।

बुलेट हाउसले आयोजना गरेको राइडले जिरीको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने जिरीका व्यवसायी तथा अभियन्ता लीलाराम खड्काले बताए।”काठमाडौँबाट नजिकको गन्तव्यमा बाईक लभर्सलाई पुर्याउनका लागि यसले विशेष प्रेरणा दिनेछ,’ खड्काले भने।

बुलेट हाउसले हरेक वर्ष पर्यटकीय गन्तव्यमा राइड गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?