+
+
Shares

भारतीय तीर्थयात्रीको नारायणीमा डुबेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते २०:५६

१ असार, चितवन। भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा २२ वर्षीय प्रदीप शर्माको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज मध्यान्ह १२: ४५ बजेको समयमा नदीमा डुबेका शर्माको शव १ः२५ बजे पाँच सय मिटर तल फेला परेको छ ।

देवघाटमा तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए । ती सबै जना नारायणीमा स्नान गर्दा शर्मा भने बेपत्ता भएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?