+
+

रेशम चौधरीलाई भेटेपछि बाबुरामले भने : खुला आकाशमुनि हार्दिक स्वागत !

अनलाइनखबर अनलाइनखबर
२०८० असार २ गते १६:५४

२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खाँदा लगाएर स्वागत गरेका छन् ।

आफ्नै निवास आएका रेशमलाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा राखेका छन् । ‘हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत !’, भट्टराईले लेखेका छन् ।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशमलाई गत १५ जेठमा गणतन्त्र दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । शनिबार भएको भेटमा रेशमले भट्टराईसँग आफू पार्टी निर्माणको क्रममा देशदौडाहा गरिरहेको जानकारी दिएका थिए ।

‘म देशभर घुमिरहेको छु, साथीहरुले बोलाइरहनुभएको छ । थप कुरा पछि गरौंला भनेर निस्किएँ’, चौधरीले अनलाइनखबरसँग भने । चौधरी आफू धरान, उदयपुर, मोरङ, सर्लाही, बर्दिया लगायत जिल्ला जान लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?