+
+

रिफ्रेस बटन दबाउँदैमा कम्प्युटरको स्पीड बढ्छ ? के हो रिफ्रेस बटनको काम ?

एजेन्सी एजेन्सी
२०८० असार ३ गते १३:४६

कम्प्युटर तथा ल्यापटप अहिले आम मानिसहरुको दैनिक जीवनकै अभिन्न हिस्सा बनिसकेको छ । तपाईंले पनि सायद आफूले प्रयोग गर्ने ल्यापटप वा डेस्कटप चलाइरहेको बेला ह्यांग भयो भने रिफ्रेस बटन थिच्नुहुन्छ नै होला ।

हामीमध्ये धेरैको बानी के हुन्छ भने हामीले कम्प्युटरमा कुनै एप्लिकेसन सुरु गर्नुअघि वा कम्प्युटर खोल्दा बित्तिकैबाट रिफ्रेस बटन थिच्दछौं । रिफ्रेस बटन यसरी थिच्दा पिसी वा ल्यापटपको स्पीड अर्थात् पर्फमेन्स बढ्छ भन्ने धारणा धेरैमा पाइन्छ ।

रिफ्रेस बटन थिच्नाले कम्प्युटरको र्याम फ्री हुने र त्यसका कारण कम्प्युटर पहिलेभन्दा स्पीडमा चल्ने र ह्यांग भएको भए त्यो पनि हट्छ भन्ने सोचाइ हुन्छ । तर वास्तवमा यस्तो केही हुँदैन ।

वास्तवमा रिफ्रेस बटनसँग कम्प्युटरको स्पीडको कुनै सम्बन्ध नै हुँदैन । त्यसोभए आखिर किन कम्प्युुटरमा रिफ्रेस बटन राखियो त ? अनि यो बटनको काम के हो ?

मानौं तपाईंले आफ्नो कम्प्युटरमा विभिन्न फोल्डरहरु राख्नुभएको हुनसक्छ । कहिलेकाही त्यस्ता फोल्डरहरुको नाम सही रुपमा नदेखिन सक्दछ । यस्तोमा रिफ्रेसको अप्सन छान्नुभयो अर्थात् रिफ्रेस बटन थिच्नुभयो भने स्क्रिनमा सबै फोल्डर वर्णानुक्रम अनुसार लहरमा सेट हुन्छन् ।

यदि ल्यापटपको स्क्रिनमा वालपेपर देखिएन वा फोल्डरहरु यताउता छरिएका छन् भने त्यसलाई मिलाउनका लागि तपाईंले रिफ्रेस बटन प्रयोग गर्न सक्नुहुन्छ । जब तपाईंले आफ्नो ल्यापटप वा डेस्कटपमा रिफ्रेस बटन टाइप गर्नुहुन्छ भने त्यसले फोल्डरलाई आफ्नो सबैभन्दा पछिल्लो जानकारी सहित डिस्प्ले गर्दछ ।

त्यसकारण के कुरामा प्रष्ट हुनुपर्दछ भने तपाईंको विन्डोज डेस्कटप तथा ल्यापटको किबोर्डमा रहेको रिफ्रेस बटनसँग कम्प्युटरको विन्डोज सिस्टम वा र्यामको कुनै सम्बन्ध छैन । यसको काम भनेकै कम्प्युटरको स्क्रिन रिफ्रेस गर्नुमात्रै हो । त्यस्तै इन्टरनेट ब्राउजरको हकमा भने रिफ्रेस बटनले सबैभन्दा पछिल्लो जानकारी सहितको पेज खोलिदिन्छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?