+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाढी पहिरो अपडेट : ४ जनाको मृत्यु, २८ जना अझै बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १९:१७
Photo Credit : RSS

३ असार, विराटनगर। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा चार जनाको मृत्यु भएको २८ जना बेपत्ता भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो विवरण अनुसार पहिरोमा परी ताप्लेजुङमा दुई जना र बाढीले बगाएर संखुवासभा र भोजपुरमा दुई जनाको मृत्यु भएको हो ।

बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना बेपत्ता भएका हुन् । बेपत्ता मध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना छन्।

पाँचथरमा ५, ताप्लेजुङमा ३, भोजपुरमा २ जना बेत्तपा भएका बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रदेश प्रहरीले जानाएको छ । प्रदेश प्रहरीका अनुसार पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ। मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ वटा घर भत्काएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका ४ मा हेवा खोलामा निर्माणधिन सुपर हेँवा हाइड्रोमा बाढी पस्दा हाइड्रोका १८ जना कामदार बेपत्ता भएका छन्। तीन जना घाइते कामदारको उद्दार भएको थियो।

अन्य कामदार अझै बेपत्ता छन्। बेपत्ताको खोजी कार्यका लागि जिल्लामा प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?