+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो

रासस रासस
२०८० असार ४ गते १३:०९

४ असार, भोजपुर । बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७को लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पुर्‍याएको हो ।

बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्याङ्की बगाएको छ भने त्यहाँ निर्माण गरिएको घर पनि पुरिएको छ। चैनपुर नगरपालिका–११ मा रहेको यो आयोजनाबाट तीन सय ८६ मध्ये १०० परिवारले पानी उपभोग गर्न थालेका थिए।

खोलामा आएको बढीले आयोजनालाई क्षति पुर्‍याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले जानकारी दिनुभयो । निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा क्षति पुगेपछि समस्या थपिएको उनको भनाइ थियो।

‘सवा खोलामा आएको बाढीले आयोजनाको काममा पूर्णरुपमा क्षति पुगेको छ’ प्रमुख सिंहले भन्नुभयो,‘‘खोला किनारमा रहेका संरचना बनाएको छ, क्षतिको पूर्णविवरण आउन बाँकी छ। अनुमानित रु डेढ करोडभन्दा बढीको क्षति भएको अवस्था छ।’

आर्थिक वर्ष २०७५÷७६देखि यो योजनाको निर्माण थालिएको हो । बाढीले पानी तान्ने ठाउँमा रहेको सम्पूर्ण उपकरण तथा संरचनामा क्षति पुर्‍याएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए ।

‘बढीले खानेपानी सञ्चालनमा अवरोध भएको छ’ उनले भने, ‘खोला किनार रहेको कुनै पनि संरचना बाँकी छैनन्। सबै पुरिएको अवस्था छ। बाढीका कारण करोडौँको क्षति भएको अवस्था छ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?