+
+

बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री : हेलिकप्टरमा आए, जहाजमा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १५:४७

४ असार, विराटनगर । बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् ।

नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए । तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन ।

बाढीपहिरो प्रभावित ताप्लेजुङको मौसम पनि खराब भएका कारण हेलिकप्टर विराटनगर विमानस्थलमा फर्काइयो ।

काठमाडौंबाट सेनाको हेलिकप्टरमा आएका प्रचण्ड विराटनगर विमानस्थलमा अवतरणपछि भने विमानबाट काठमाडौं फर्किएका छन् ।

विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाका अनुसार प्रचण्ड श्री एयरलाइन्सको जहाजबाट सवा ३ बजे काठमाडौ फर्किएका हुन् । उनीसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानमै काठमाडौं फर्किएका छन् ।

प्रधानमन्त्रीसँग बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि आएको टोलीका अन्य सदस्य भने हेलिकप्टरमा नै काठमाडौं फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?