+
+

दशकपछि रियल मड्रिड फर्किए जोसेलु

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १७:०३

४ असार, काठमाडौं । स्पानिस फरवार्ड जोसेलु एक दशकपछि रियल मड्रिड फर्किएका छन् ।

रियलले जोसेलुलाई ला लिगाकै क्लब स्पानयोलबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।

आगामी सिजनको अन्त्यमा जोसेलुलाई किन्ने विकल्प समेत रियलसँग छ ।

स्पानयोल रेलिगेसनमा परे पनि ३३ वर्षीय जोसेलु गत सिजन १६ गोल गर्दै ला लिगामा सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा थिए ।

उनी रोवर्ट लेवान्डोस्की र करिम बेन्जेमा भन्दा पछि रहे । करिम बेन्जेमा साउदी क्लबमा अनुबन्ध भएपछि रियलले जोसेलुलाई लोनमा भित्र्याएको हो ।

उनले यसअघि २०११-१२ मा रियलबाट खेलेका थिए । त्यसपछि जर्मनी र इंग्लिस लिगमा खेल्दै २०१९ मा स्पेनकै अलचाभेजमा फर्किएका थिए ।

२०२२ सम्म अलाभेजबाट खेलेका उनी त्यसपछि स्पानयोल पुगेका थिए ।

उनले जर्मनीमा होफेनहेइन, एनट्राट फ्रांकफर्ट र हानओभर ९६ तथा प्रिमियर लिगमा स्टोक सिटी र न्युकासलबाट खेलेका थिए ।

उनले सर्ल्टा बीबाट करियर सुरु गर्दै सेल्टाको सिनियर टिममा खेलेपछि २००९ मा रियल मड्रिडको बी टिममा आबद्ध भएका थिए ।

त्यसपछि २०११ मा रियलको सिनियर टिममा डेब्यु गरेका थिए । गत मार्चमा स्पेनको राष्ट्रिय टिममा डेब्यु गरेका उनले डेब्यु खेलमै नर्वे विरुद्ध दुई गोल गरे ।

भर्खरै सम्पन्न युइएफए नेसन्स लिगको सेमिफाइनलमा इटली विरुद्ध २-१ को जितमा उनले स्पेनका लागि विजयी गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?