+
+

सांगीतिक जोडी अर्जुन र दुर्गालाई पुत्रीलाभ, नाम जुराए ‘अदिरा’

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १७:२६
तस्वीर : अर्जुन पोखरेलको फेसबुकबाट

काठमाडौं । सांगीतिक जोडी अर्जुन पोखरेल र दुर्गा पोखरेलले सन्तान लाभ गरेका छन् । सोमबार टोखास्थित ग्राण्डी अस्पतालमा दुर्गाले छोरीलाई जन्म दिइन् । फेसबुकमार्फत पुत्रीलाभको खबर जानकारी दिंदै अर्जुनले छोरीको नामाकरण पनि गरेका छन्, अदिरा ।

आफू र पत्नीको नामबाट उनले छोरीको नाम जुराएका हुन् । छोरीको स्वागतको खुसीमा अर्जुन लेख्छन्, ‘आज इन्टरनेसनल फादर्स डेको दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरें । यो अवसरको लागि मेरी प्यारी जीवनसंगिनी दुर्गा खरेललाई धन्यवाद । मामु बनेकोमा बधाई दिन चाहन्छु । हाम्री प्यारी छोरी (अदिरा)लाई यो संसारमा स्वागत गर्न पाउँदा धेरै खुसी लागेको छ ।’

शल्यक्रियामा सघाउने चिकित्सक टोलीलाई पनि उनले धन्यवाद दिएका छन् । उनीहरुले कोभिडको समयमा बुढानीलकण्ठमा विवाह गरेका थिए । गत महिना फ्यानलाई यसबारे जानकारी दिंदै उनले दुर्गाको बेबीबम्पसहितको प्रेग्नेन्सी फोटोसुट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?