+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पश्चगामी शक्तिलाई फाइदा उठाउन नदिन समाजवादी मोर्चा : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १७:२७

४ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशले संकट व्यहोरिरहेको अवस्थाबाट प्रतिगामी र पश्चगामी शक्तिलाई फाइदा उठाउन नदिन समाजवादी मोर्चा गठन गरिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नागरिकमा छटपटी छ । जनता निराशा र आशाको दोधारमा छन् । यो विशिष्ट परिस्थितिमा लामो छलफल र जनताको चाहनाअनुसार आजको संकटबाट प्रतिगामी र पश्चगामी शक्तिलाई फाइदा उठाउन दिनुहुँदैन भनेर मोर्चा गठनको निष्कर्षमा पुगेका हौ।’

उनले नेपालको स्वाधीनता जोगाउन नयाँ लडाइ अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा नेपालको राजनीतिमा नयाँ मोड दिने जिकिर गरे ।

मोर्चाले नेपाली जनताको समाजवादप्रतिको चाहना पूरा गर्ने जिकिर गरे । उनले भने, ‘नेपाली जनता समुन्नत, शान्तिपूर्ण र स्वाधीन नेपाल बनाउन चाहन्छन्, सोही उद्देश्य पूरा गर्ने मोर्चाले बोकेको छ ।’

नेपालको भविष्य कुनै पनि साम्राज्यवादीले नभएर नेपाली जनताले सुनिश्चित गर्ने उनले बताए । ‘अब देशको नेतृत्व देशभक्तहरुले गर्छन् । म युवा पुस्तालाई निराश नहुन आग्रह गर्दछु’, उनले भने ।

देशमाथि अतिक्रमण भइरहेकाले जनतामा अत्याचार मच्चिरहेको उल्लेख गर्दै उनले भने, ‘अझै पनि असमान सन्धि सम्झौताहरू खारेज भएका छैनन्, हामी ७ बुँदे सहमति र घोषणापत्र लिएर आएका छौं, यो देशको नेतृत्व हामी गर्छौं, मोर्चाले शहीदका सपनाको रक्षा गर्छ ।’

निराशाले उत्पीडक शासक र विदेशी साम्राज्यवादी शक्तिलाई फाइदा हुने भएकोले नेपाली जनतालाई निराश नहुँदै समाजवादको यात्रामा सहभागी हुन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?