+
+

समाजवादी मोर्चा परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध युद्धको घोषणा हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १८:१६

४ असार, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनुनपर्ने बताएका छन् । तर परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको उनले बताए ।

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न आह्वान गरे ।

तर अहिले परिवर्तनलाई होच्याउने, अपमानित गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिले केही मान्छेहरुले टाउको उठाउन खोजेको भन्दै उनले भने, ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?