+
+

बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कोशी सरकारले १ लाख राहत दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १९:५७

४ असार, विराटनगर । कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

प्रदेश सरकारले घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ उपचार खर्च दिने निर्णय पनि गरेको छ ।

शनिबार राति कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर र संखुवासभामा आएको बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।

सोमबारको मन्त्रिपरिषद बैठकले नामकरणको विपक्षमा आन्दोलरत पक्षसँग वार्ता गर्न गठित समितिको प्रशासनिक र व्यवस्थापकीय खर्च दिने निर्णय गरेको छ । कोशी सरकारले आन्दोलनरत पहिचान पक्षधरसँग सोमबार नै पहिलो चरणको वार्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?