+
+

बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न सभामुखको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १४:३८

५ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएका छन् ।

शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेको थियो । शहरी विकासमन्त्री सीता गुरुङले यदि त्रुटि भएको रहेछ भने सच्याउने बताइन् । सभामुखले सरकारको प्रतिवद्धता आइसकेकाले छलफल अघि बढाउने बताए ।

तर एमाले सांसद छविलाल विश्वकर्माले प्रदेशसभाले राखिसकेको नाम बजेट पुस्तिकामा नराख्नु संविधान विपरीत हुने बताए । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रदेशको नाम छुटाउनु सरकारको गल्ती भएको बताए । तर सभामुखले रुलिङ गरिसकेपछि पनि आफूले भनेअनुसार नै रुलिङ हुनुपर्छ भनिरहने हो भने अर्कै ठाउँमा पुग्ने बताएपछि सभामुखले प्रतिनिधिसभा बैठक रोकेर दलका प्रतिनिधिको छुट्टै छलफल राखे ।

दलका प्रतिनिधिहरुसँग छलफल गरेपछि पुनः सुरु भएको संसद बैठकमा सभामुख घिमिरेले मन्त्रालयगत कार्यक्रम समावेश पुस्तिकामा प्रदेश सभाबाट पारित प्रदेशको नाम छुटेको भए तत्काल सच्याउन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?