+
+

‘आदिपुरुष’ विवादमा किन ट्रोल बन्दैछन् दीपकराज र माग्ने बुढा ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १४:४४
फाइल तस्वीर

काठमाडौं । ‘आदिपुरुष’ विवादले कलाकारहरु दीपकराज गिरी र माग्ने बुढालाई आमनेसामने उभ्याएको छ । यी दुईलाई लिएर अहिले थुप्रै मिम र ट्रोल बनिरहेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जब काठमाडौं महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने कुरा लेखे, त्यसपछि अभिनेता गिरीले जवाफ दिएका थिए- समस्या आदिपुरुषले निकालेको हो, त्यसैले आदिपुरुष मात्रै बन्द गरौं ।’

उनले फेसबुकमा यति के मात्र लेखेका थिए, उनलाई कमेन्टमा गालीको ओइरो लाग्यो । अनि दीपकले फेरि लेखे, ‘एउटा भाइले भने दाइ फेसबुक हेर्नु भो ? तपाईंले गाली खाइरहनु भा’छ । मैले भने- होइन भाइ कसैले गाली दियो होला, तर मैले खाएको छैन, शुभप्रभात ।’ दीपकको यो पोस्टमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को कमेन्ट आयो ।

कमेन्टमा माग्ने बुढाले लेखे, ‘छिमेकी र बाउको झगडा पर्‍या बेलामा छिमेकीलार्ई फाइदा पुग्नेगरी बोल्दा दाजुभाइको एक-दुई मुक्का भेट्नु सामान्य कुरा हो ।’ माग्ने बुढालाई पुनः दीपकले जवाफ दिए, ‘मेरो भाइको अर्को लोकप्रियतावादी (पपुलिस्ट) कमेन्ट । स्ट्याट्स नै लेख्या भए अझै बढी लाइक आउँथ्यो बाबु ।’

रोचक कुरा छ भने उक्त पोस्टमा भन्दा माग्ने बुढाको कमेन्टको लाइक बढी छ । फेसबुकमा चलेको यो भनाभनपछि ट्रोलको ओइरो नै लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?