६ असार, काठमाडौं । रियल मड्रिडका मिडफिल्डर टोनी क्रुजले क्लबसँग थप एक वर्षका लागि सम्झौता नवीकरण गरेका छन् ।
३३ वर्षीय क्रुजले रियल मड्रिडका लागि ४१७ खेल खेलिसकेका छन् । जसमा उनले ३० ला लिगा र १२ च्याम्पियन्स लिग खेलेका छन् ।
२०१४ का विश्वकप विजेता उनले त्यसै वर्ष बायर्न म्युनिखबाट रियल आएर क्लबका लागि २० उपाधि जितेका छन् ।
रियल म्याड्रिडमा उनले नौ सिजनमा ४ च्याम्पियन्स लिग, ५ क्लब विश्वकप, ४ यूरोपा सुपर कप, ३ ला लिगा उपाधि, १ कोपा डेल रे र ३ स्पेनिस सुपर कप जितेका छन् ।
पछिल्लो सिजन उनले रियललाई कोपा डेल रे र च्याम्पियन्स लिग सेमिफाइनल पुर्याउन राम्रो प्रदर्शन गरेका थिए । रियल सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग हारेको थियो ।
इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्घमले पनि अबको सिजनमा रियल मड्रिडबाट नै खेल्नेछन् ।
प्रतिक्रिया 4