+
+

भारतसँगको खेल फाइनल जस्तै हुनेछ : प्रशिक्षक एनेस

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असार ६ गते १९:२२
फाइल तस्वीर

६ असार, बैंगलुरु । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले भारत विरुद्ध हुने खेल फाइनल सरह हुने बताएका छन् ।

साफ च्याम्पियनसिपमा समूह एको आफ्नो पहिलो खेलमा नै कुवेतसित ३-१ ले पराजित भएपछि सेमिफाइनल पुग्न नेपाललाई चुनौती थपिएको छ । नेपालले अब शनिबार भारतसँग खेल्दैछ ।

‘भारतसँगको खेल फाइनल जस्तै हुनेछ’, भारतमा यसअघि क्लब फुटबलमा काम गरिसकेका एनेसले भने, ‘भारतमा मेरो ३ वर्षको अनुभव छ । उक्त खेल मेरो लागि भावनात्मक हुनेछ ।’

एनेसको प्रशिक्षणमा गोकुलम केरालाले लगातार दुई पटक आई लिगको उपाधि जितेको थियो । उनले नेपालको प्रशिक्षक बन्नुअघि आईएसएलमा नर्थ ईस्ट युनाईटेडलाई समेत प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक एनेसले कुवेतसँगको खेलबाट राम्रो अनुभव प्राप्त भएको बताए ।

‘कुवेतसँग खेल हारे पनि अनुभव प्राप्त भएको छ । सुरुमा कुवेतसँग खेल्न केही डराए पनि दोस्रो हाफको प्रदर्शनपछि कुनै डर छैन । मलाई विश्वास छ, हामी राम्रो खेल्न सक्छौं ।’

राष्ट्रिय टिमबाटै खेलिसकेका दर्जन भन्दा बढी खेलाडी अष्ट्रेलिया गएकाले नेपाली  टिममा नयाँ र युवा खेलाडीको बाहुल्यता छ ।

एनेसले थपे, ‘टिममा युवा खेलाडीहरु धेरै छन् । जुन सकरात्मक छ । ती खेलाडीहरु नेपालमा बसे अझ राम्रो हुनेछ ।’

एनेसले हरेक खेलबाट अनुभव प्राप्त हुने र त्यसले आउने खेलमा सहयोग गर्ने बताए । आमन्त्रित टिमका रुपमा पहिलो पटक साफ खेलिरहेको कुवेतका प्रशिक्षक रुई बेन्टोले लामो यात्रा गरे फरक मौसममा खेल्दा कठिन भए पनि जितबाट खुशी रहेको बताए ।

‘यात्रा र मौसमले गर्दा केही कठिन भयो, हामी अझ राम्रो गर्न सक्छौं । अर्को खेलमा हामी अझ राम्रो गर्न सक्छौं’, बेन्टोले भने, ‘हामीले जित्यौँ खुशी छु तर मलाई मेरा खेलाडीबारे थाहा छ । उनीहरुले अझै राम्रो गर्न सक्छन् ।’

बेन्टोले नेपालसँगके खेलमा केही गल्ती भएको र अवसरहरु गुमाएको पनि बताए ।

नेपालले पनि राम्रो खेलेको भन्दै उनले थपे, ‘नेपालको टिम स्पिरिट राम्रो छ र संगठित छन्, उनीहरुले हामीलाई गाह्रो बनाए ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?