+
+

११ महिनामा नेपालले बेच्यो साढे ३ अर्बको चिया

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १९:३२

७ असार, काठमाडौं । नेपालको चिया निर्यात वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको व्यापार तथ्याङ्‍कअनुसार नेपालले जेठसम्म ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँको चिया निर्यात गरेको छ ।

१५ करोड ४२ लाख ५९ हजार किलो चिया निर्यात गर्दा नेपालले उक्त आय गरेको हो । गत वर्ष यसै अवधिमा नेपालबाट एक करोड ९ लाख किलो चिया नेपालबाट निर्यात हुँदा २ अर्ब ८१ करोड रुपैयाँ नेपालले कमाएको थियो ।

जुन गत वर्षको यसै अवधिको तुलनामा ५४ करोड ३८ लाख रुपैयाँले धेरै हो । नेपाल सबै भन्दा धेरै चिया निर्यात भारतमा गर्दै आएको छ ।

भारतमा मात्रै ३ अर्ब १७ करोड ७४ लाखको चिया निर्यात भएको थियो । यस्तै रुस, नेदरल्याण्ड्स, जर्मनी र अमेरिकामा पनि नेपालले चिया निर्यात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?