+
+

काठमाडौंबाट राजस्थान जाँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १०:१७

८ असार, काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । दुर्घटनामा केही यात्रुहरु घाइते भएका र तीमध्ये एक जना बच्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जयसवालका अनुसार बसमा ३० जना यात्रुहरु थिए । तीमध्ये केही घाइते भएका र उनीहरुलाई अस्पताल पठाइएको उनले जानकारी दिए । घाइतेहरुमध्ये १०–१२ वर्षको एकजना बच्चाको अवस्था गम्भीर रहेको डिएसपी जयसवालले जानकारी दिए ।

बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?